🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठाकुरराम बहुमुखी क्याम्पसका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु

बारा, २६ असार । स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्क‌ंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक विद्यार्थी घाइते भएका छन् ।

पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी क्याम्पसका छात्र हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरिया १ का करिब २३ वर्षीय अर्जुन सहनी घाइते भएका छन् । सहनीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षा सोमबारदेखि सुरु भएको हो । सिमरा कलेजमा रहेको परीक्षा केन्द्रमा ‘बिजेनश ल’ विषयको परिक्षा दिएर शर्मा घर फर्कंदै गरेका थिए ।

दुर्घटनामा शर्माको निधन भएपछि वीरगन्जमा विद्यार्थीले प्रदर्शन गरेका छन् । परीक्षा केन्द्र टाढा राखिएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।