प्रधानमन्त्री शेरबहादुर देउवा(२०७४ भदौ ७ गतेबाट ४ दिने) को भारत भ्रमणले नेपाली राजनीतिमा केके फरक प¥यो ? यो विचारणीय विषय छ । देउवाको भारत भ्रमण देउवाकै भाषामा ‘अत्यन्तै सफल’ भएको छ । हुन पनि हो, देउवाले जति स्वागत–सत्कार र खातिरदारी विगतमा भारत जाने प्रधानमन्त्रीले विरलै पाएका छन् ।
देउवाले भारत भ्रमणको क्रममा नेपालको सुरक्षा घुमाउरो पाराले भारतीय हातमा जिम्मा लगाएका छन् । विगतमा पुष्पकमल दाहाल प्रचण्डले भारत जा“दा जारी भएको संयुक्त विज्ञप्तिमा नेपालको पर्राष्ट्र नीति घुमाउरो पाराले भारतीय हातमा पु¥याइएको थियो । यसपटक देउवाले सुरक्षा भारतको हातमा पु¥याएका छन् । देउवाको भ्रमणमा जारी गरिएको नेपाल भारत संयुक्त विज्ञप्तिमा दुई देशबीच सैन्य निकटता र सहयोगको विषय उल्लेख छ । विगतका कुनै संयुक्त विज्ञप्तिमा यो विषय उल्लेख हु“दैनथ्यो, उल्लेख गरिएको थिएन । देउवा भारतबाट फर्किए लगत्तै भारत र चीन दुवै देशले दोक्लम विवाद समाधान गरेका छन् । देउवाको भारत भ्रमण दोक्लम विवाद चरम अवस्थामा रहेको बेला भएको थियो । चीनसंगको विवादमा भारतलाई नेपालको साथ चाहिएको थियो र छ पनि । यसैकारण नेपाललाई सैन्य तथा सामरिक रुपमा साथ लिने नीति भारतले लियो । फलस्वरुप देउवाले स्वागत र खातिरदारी निकै पाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवासंग आकस्मिक भेट समेत गरे । दोक्लम विवाद र चीनसंग द्वन्द्व थिएन भने प्रधानमन्त्री देउवाले त्यसरी स्वागत पाउने थिएनन् ।
देउवाले पाएको स्वागत व्यक्तिगत होइन, भारतले नेपाललाई साथ लिने र ललाई फकाई गर्ने नीति मुख्य हो । चीनसंग भारतको प्रखर द्वन्द्व सुरु भइसकेको छ, नेपाललाई नाकावन्दी गरिएको बेलादेखि नै द्वन्द्वको लक्षण सुरु भइसकेको थियो । चीन र भारत मित्रवत् प्रतिस्पर्धा गरिरहेका थिए, मित्रवत् प्रतिस्पर्धाको युग सकिन लागेको लक्षण भारतमा नरेन्द्र मोदी र चीनमा सी जिन पिङ्को नेतृत्व आएदेखि नै लक्षण देखिएको थियो । भारत र चीनको द्वन्द्व हु“दा नेपालबीचमा पर्नु अस्वाभाविक होइन, नेपालको भौगोलिक अवस्थितिका कारण भारत र चीनबीचको द्वन्द्वमा हामी स्वत प्रभावित बन्न पुग्छौं । भारत चीन द्वन्द्वमा नेपालको भूमिका निर्णायक हुने भएकैले भारत अहिले नेपालप्रति नरम भएको हो भन्ने बुझ्न गाह्रो छैन ।
भारतले नेपाल नीति फेर्दै लगेको भन्ने गरिएको छ । मलाई लाग्छ, भारतले नेपाल नीति फेरेको होइन, नेपालप्रतिको रणनीति चाहिं फेरेको हो । हिजो थर्काउने र सीघै घा“टी अँठ्याउने भारतीय नीति थियो, अहिले फकाएर गर्दन समाउने नीति छ । अर्थात्, भारतको नियत फेरिएको होइन, व्यवहार फेरिएको हो । भारतीय व्यवहार फेरिएकै कारणले शेरबहादुर देउवा र प्रचण्डको गठवन्धन अहिले सजिलो राजनीतिक अवस्थामा छ । उनीहरुले स्थानीय चुनाव गराउन सक्नुको मुख्य कारण भारतीय आशीर्वाद नै हो । नेपालमा धेरै चलखेल नगरेजस्तो देखाउने भारतीय नीतिका कारण स्थानीय चुनाव गर्न धेरै गाह्रो भएन । भारतीय प्रभाव वृत्तका राजनीतिक शक्तिहरु पनि संविधान स्वीकार गर्दै चुनावमा सहभागी भए । भारतले नेपालप्रतिको रणनीति हल्कारुपमा फेरेको कारणले नेपाली राजनीतिमा धेरै फरक देखिंदै आएको छ ।
नेपालमा भारतपरस्त सरकार कायम राख्ने, चीनसंग दूरी बढाउ“दै जाने सरकार भारतलाई चाहिएको छ । यसका लागि उपयुक्त पात्र देउवा र प्रचण्ड नै हुन्, अहिले यही देखिएको छ । देउवा सरकारले मुखले तटस्थ विदेश नीति अपनाउने भने पनि व्यवहारमा भारत निकट व्यवहार गरिरहेको स्पष्ट छ । यही कारण नेपालमा देउवा–प्रचण्ड गठवन्धनलाई अघोषित रुपमा एउटा पार्टीका रुपमा विकास गर्ने भारतीय प्रयास रहेको अनुभूति हुन्छ । भारतको यही प्रयास अन्तर्गत भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाललाई मेयरमा जिताउन ताण्डव नृत्य मच्चाइयो । अबका चुनावमा पनि देउवा, प्रचण्ड, राजपा गठवन्धनलाई अगाडि बढाउने भारतीय नीति दृष्टिगोचर हुन्छ । भारतले कांग्रेस र माओवादीलाई नभएर देउवा र प्रचण्डलाई अगाडि बढाउने र उनीहरुकै गठवन्धन बनाउने नीति लिएको देखेपछि कांग्रेसभित्रको रामचन्द्र पौडेल र शशांक कोइरालाको खेमा तिल्मिलाएको देखिन्छ । भारतले देउवालाई कांग्रेस बाहिर लगेर प्रचण्डसंग जोडिदिन थालेपछि रामचन्द्र खेमा आत्तिनु अस्वाभाविक होइन । यही कारण रामचन्द्र खेमाले माओवादीसँग चुनावी तालमेलको विरोध गरिरहेको छ । शशांक कोइरालाले भरतपुर पुगेर अब कांग्रेसले कसैसंग चुनावी तालमेल गर्दैन भनेका हुन् । झलक्क हेर्दा यी विषय कांग्रेसको आन्तरिक विवादजस्तो देखिन्छ तर भारतले नेपालमाथि अपनाएको रणनीतिको उपउत्पादन जस्तो बन्न पुगेको छ कांग्रेसभित्रको आन्तरिक विवाद ।
देउवाको भारत भ्रमणका क्रममा नेपालमा कसरी एमालेलाई साइजमा ल्याउने भन्ने विषयमा केही गुप्त गृहकार्य भएको आशंका गर्न सकिने ठाउ“ प्रशस्त छ । दुई नम्बर प्रदेशमा एमालेलाई आक्रमण गर्ने, चुनावी प्रतिस्पर्धा भन्दा ढुंगामुडाको प्रतिस्पर्धा गराउने प्रयास भइरहेको छ । यसै मेसो २०७४ असोज २ गतेसम्म के के अप्रिय घटना घट्ने हुन् ? ढुक्क भएर बस्न सक्ने अवस्था पनि छैन । कांग्रेस र माओवादीको बुई चढेर राजपाले एमालेमाथि आक्रमण थाल्नु भारतीय रणनीतिभित्रकै कार्य हो कि ? शंका गर्नुपर्ने ठाउ“ प्रशस्त छ । नेपालमा आफ्ना निकटहरुको सरकार निष्कंटक रहोस्, आउ“दो चुनावपछि नेपालले खुलेरै तटस्थ विदेश नीति त्याग्ने बातावरण बनाउने, नेपाललाई चीन विरोधी मोर्चामा परिणत गर्ने दीर्घकालीन भारतीय रणनीति कार्यान्वयनका लागि एमाले सहितका शक्तिहरुलाई पाखा लगाउने, देउवा र प्रचण्डको गठवन्धनलाई बलियो बनाउ“दै लैजाने भारतीय रणनीति देखिन्छ । यो कुरा प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा खुलेर देखा परेको छ ।
आउ“दो चुनावमा देउवा, प्रचण्ड र राजपाको गठवन्धनले केन्द्र र प्रदेश दुवैतिर सिक्का जमाओस्, राजपासहितका मधेसवादी दलहरुलाई पनि हिस्सेदारी दिउन् भन्ने भारतीय चाहना रहेको अब खुलस्त छ । भारतले कांग्रेसभित्रका देउवा विरोधी र माओवादीभित्रका प्रचण्ड विरोधीहरुलाई आफ्नो ठान्दैन भन्ने संकेत पनि देखिन थालेको छ । जसले देउवा या प्रचण्डको विरोध गर्छन् उनीहरु आफ्ना मित्र हुन सक्दैनन् भन्ने ढंगले भारतीय रणनीति परिचालन हुन थालेको विश्लेषण गर्न थालिएको छ । यस्तो व्यवहारले देउवा र प्रचण्ड केही समय त बलियो हुन सक्लान् तर अन्तत ः उनीहरुले आआफ्नो पार्टीभित्रको सत्ता गुमाउनुपर्ने अवस्था आउन सक्छ । भारतीय नीति र व्यवहारको असर राजनीतिक दलहरुको दैनिक जीवनमा पनि पर्न थाल्नु ती दलको मात्र नभएर देशकै दुर्भाग्य हो ।



