🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित

लुम्बिनी, १९ असार (रासस) : लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो ।

प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो । प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए । 

प्रदेशसभामा प्रतिपक्षी दलका सदस्य भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरू बजेटमाथिको छलफलबाट भागिरहेको बताउनुभयो । प्रदेशसभामा महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने प्रदेशसभामा उपस्थित नभएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुरोध गर्नुभयो ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सदस्य तारा थापा, नेकपा(एस)की भगवती अधिकारी, राप्रपाका सदस्य मीना श्रेष्ठ र नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य लोकीकुमारी विकलगायत बजेटमाथिको छलफलमा सहभागी हुनुभएको थियो । कांग्रेसका प्रदेशसभा सदस्य विकले समानुपातिक सांसदका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको गुनासो गर्नुभयो । 

वर्तमान गठबन्धन सरकारले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र प्रदेशसभा सदस्यले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेशसभामा अर्थमन्त्री धनबहादुर मास्कीले रु ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । 
–––