🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिरोमा परेर बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ, ९ असार (रासस) ः गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका  आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् ।

 
बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए ।

 
पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।
–––