बागमती नदीको जग्गा मिचेर तरकारी बजार, बालेन शाहको ध्यान किन पुगेन ?
काठमाडौं । मापदण्ड विपरीत निर्माण भएका घर टहरा भत्काउने अभियानमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती नदी उकासकै जग्गा अतिक्रमण गरी निर्मित संरचनालाई भने छुन सकेका छैनन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित बानेश्वर क्याम्पसनिरको शान्तिनगर तरकारी बजारले मापदण्ड विपरीत टहरा निर्माण गरी तरकारी बजार राखेको स्थानीयको दावी छ ।
बागमती नदी उकासको उक्त जग्गा अतिक्रमण गरी राजु खत्रीले शान्तिनगर तरकारी बजार निर्माण गरेको स्थानीयको आरोप छ । स्थानीको आक्रोश छ–‘नदी उकासको जग्गा समेत मिचिएको उक्त तरकारी बजारमा मेयर बालेन शाहको ध्यान पुग्न नसकेको हो कि महानगरका एसपी राजु पाण्डेले गुमराहमा राखिरहेका छन् ?’
लामो समयदेखि त्यस क्षेत्रमा बसोबास गर्दैआएका एक स्थानीय बासिन्दाका अनुसार खत्रीले तरकारी बजार निर्माण गरेको जग्गामा बागमती नदी बग्थ्यो, तर बागमती नदीले पछि धार परिवर्तन गर्दा उक्त जग्गा खाली थियो । नदीले धार परिवर्तन गर्दा खाली भएको उक्त जग्गा सरकारी नै हो । तर, केही जमिन लिएर नदी उकासको जग्गा अतिक्रमण गरी खत्रीले तरकारी बजार निर्माण गरेको आरोप स्थानीयको रहेको छ । खत्रीले नदी उकासको जग्गा समेत भित्र पारी धमाधम उक्त तरकारी बजारमा पर्खाल लगाइरहेको बताइन्छ । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणमा चासो दिएर खत्रीलाई पर्खाल लगाउन छुट दिएको छ ।
खत्रीको उक्त तरकारी बजारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणाको लगानी भएकाले मेयर शाहले एक्सन लिन नसकेको भनेर चर्चा गर्नेहरु पनि छन् । आरजु देउवा र उनका भाइ भूषण राणासँग कनेक्सन भएका राजु खत्री पूर्व प्रहरी समेत हुन् ।
तरकारी बजारमा आरजु राणादेखि गिरीबन्धु टी स्टेटमा नाम जोडिएका पात्र तारा सापकोटाको समेत लगानी भएकाले हाई प्रोफाइलहरु रिसाउने डरले नदी उकासको जग्गा मिचेर पर्खाल लाउँदा पनि एसपी राजु पाण्डेले देखेको नदेख्यै गरेको र मेयर शाहलाई गुमराहमा राखेको आरोप छ । खत्रीले टहरा बनाएर शान्तिनगर तरकारी बजारमा १ सय जति स्टल राखी थोक र खुद्रा ब्यापारीलाई भाडामा लगाएका छन् । (साँघु साप्ताहिक, २०८० जेठ १५)

प्रतिकृया दिनुहोस