भन्सार छलेर लाखौँका सामान तस्करी, नेपाल-भारत सीमामा बढ्दो समस्या
कलैया, बारा। नेपाल-भारत सीमाका विभिन्न नाकाबाट भन्सार छल्ने र अबैध धन्दा गर्ने तस्करीको समस्या दिन प्रतिदिन बढ्दो छ। विशेषगरी तराईका प्रमुख सीमा नाकाहरू बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही र महोत्तरी जिल्लामा तस्करहरूले अवैध रूपमा लाखौँ कराेडाैंका सामान नेपाल भित्र्याइरहेका छन् ।
यसरी तस्करी गरिने सामानमा लत्ताकपडा, काजु, चिनी, सूर्ती, रजनीगन्धा, पान पराग, फूल लगायतका वस्तुहरू रहेका छन्।
उल्लेखनीय कुरा भनेको, फूलको तस्करीमा संलग्न प्रमुख व्यक्तिहरूका रूपमा दिनेश यादव, अजय यादव र सुरेन्द्र साहको नाम अघि आएको छ।
यी तस्करहरू नेपाल-भारत सीमा नाकाबाट नियमित रूपमा फूल र अन्य सामान तस्करी गरिरहेका छन्। यस तस्करीले नेपालमा अवैध व्यापारको विस्तार मात्र नगरी, राष्ट्रिय राजस्वलाई पनि ठूलो क्षति पुर्याइरहेको छ।
तस्करीका यी प्रवृत्तिहरूले नेपालका भन्सार अधिकारीहरूको कार्यशैली र सुरक्षा व्यवस्थामा पनि चुनौती पुर्याएको छ। यद्यपि, प्रशासन र सुरक्षा बलहरू तस्करी नियन्त्रणका लागि प्रयासरत छन्, तर सीमा क्षेत्रको विस्तृत क्षेत्र र सीमाक्षेत्रमा हुने नियमित गतिविधिले समस्या समाधान गर्न कठिनाई उत्पन्न गरिरहेको छ।
नियमित रूपमा हुने यी तस्करी गतिविधिहरूले स्थानीय व्यापार र कृषकलाई असमान प्रतिस्पर्धाको सामना गराइरहेका छन्। यसले नेपालका उद्योग र व्यापारलाई नोक्सान पुर्याउँदै, वैध व्यापारमा आवद्ध व्यवसायीहरूको मनोबलमा गिरावट ल्याइरहेको छ। तस्करी नियन्त्रणका लागि प्रशासन र स्थानीय निकायहरूको सक्रियता र निगरानी अत्यन्त महत्त्वपूर्ण रहेको छ।
त्यसैगरी, अवैध व्यापारको प्रवृत्ति नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघ र प्रदेश सरकारसँगै स्थानीय प्रशासनलाई अझ बढी कडा निगरानी र कारबाही आवश्यक रहेको छ।

प्रतिकृया दिनुहोस