• शुक्रबार-बैशाख-७-२०८१

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र विचरा नेपाली राजदूत 

 

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले २०८० जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने भएका छन् । बजेट भाषणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणका लागि  प्रचण्डले निकै पहिलादेखि नै प्रयास गरेको भएपनि त्यसको समय भने भारतले दिएको थिएन । 


भारत जानकै लागि चीनको बोआओ फोरम छोडेर बसेका प्रचण्डलाई बजेट लगत्तै बोलाएको छ । केही महत्वपूूर्ण परियोजना भारतले मागिरहेको चर्चा हुने गरेको छ । मुख्यगरी, जलविद्युत आयोजना र अनलाईन पेमेन्टको गेटवे नेपाल राष्ट्र बैंकबाट खोसेर भारतीय कम्पनीलाई दिने प्रचण्डको तयारी रहेको चर्चा छ । सत्ता थाम्न अहिले प्रचण्ड जसरी पनि भारतलाई रिझाउने मनस्थितिमा देखिएका छन् । प्रचण्डलाई भ्रमणका लागि बोलाउन नै समय लगाईदिएको थियो ।

 

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग शिष्टाचार भेटको लागि पटक पटक प्रयास गरेपनि भारतले अस्वीकार गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति नजिकिँदै गर्दा विगत एक वर्षदेखि शिष्टाचार भेटको लागि पहल गरेका राजदूत शर्माले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग अन्ततः २०८० जेठ ११ गते शिष्टाचार भेट गरेका छन् । 


शर्मालाई एकप्रकारले इग्नोर गरेर भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाइरहेको थियाे । तर, तिनै भारतका नेपालस्थित राजदूत भने हरेक विहान बेलुका नै नेपालका मन्त्री र प्रधानमन्त्रीलाई मात्रै होइन राष्ट्रपतिलाई समेत सहज रुपमा भेट्छन् र भेटिरहेका पनि छन् । यसअघिका राजदूत नीलाम्बर आचार्यलाई पनि भारतले यस्तै हेपाहा ब्यवहार गरेको थियो ।

   उक्त व्यवहारले आचार्य दिक्क त भएका थिए नै त्यसबाहेक आचार्यको टेलिफोन संवाद गोप्य रुपमा रेकर्ड गराएको चर्चा पनि चलेको थियो । त्यो हदसम्मको व्यहारमा उत्रिएको भारतसँग पारस्पारिक सम्बन्ध विस्तारका  डिग्निटीसहितको सम्बन्ध विस्तारमा प्रचण्डले ध्यान दिएनन् भने नेपालको प्रतिष्ठामाथि गम्भीर असर पर्ने टिप्पणी हुन थालेको छ । 
 

प्रतिकृया दिनुहोस