• शनिबार-बैशाख-८-२०८१

भन्सार चाेरी, तस्करी बढ्दाे भन्सार विभाग महानिर्देशकविहीन !

काठमाडौं । आजको हप्ता दिन पछि अर्थात जेठ १५ गते सोमवारका दिन सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ लगि वार्षिक खर्च विवरण बजेट सार्वजनिक गर्ने पूर्व निधारित समय तालिका रहेको छ । यतिखेर अर्थ मन्त्रालयको टिम बजेट लेखन कार्यमा व्यस्त रहेको बताइन्छ ।

 

अर्थ मन्त्रालयले तयार गरेको बजेटमा अर्थ मन्त्री, अर्थका सचिवद्वय, आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशकहरूले आन्तरिक रुपमा हस्ताक्षर गर्ने परम्परा रहेको छ ।


 दुई हप्ता अघिदेखि भन्सार विभाग महानिर्देशकविहीन रहेको छ । बजेट सार्वजनिक गर्नु अगाडिसम्म मन्त्री डा. प्रकाशशरण महत र मन्त्री अर्जुनप्रसाद पोखरेलले कोही पनि सहसचिवलाई विभागमा महानिर्देशकको जिम्मेवारी दिन रुची देखाएका थिएनन् । तर, बजेट निर्माणको क्रममा भन्सार विभागको महानिर्देशकले समेत हस्ताक्षर गर्ने परम्परा रहेकोले पनि यही हप्ताभित्रै भन्सारको डीजी नियुक्त गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।


  संभवत यही हप्ताभित्रै विभागले महानिर्देशक पाउने संभावना बढेर गएको बताइन्छ । बजेट सार्वजनिक गर्नु अगावै अर्थ मन्त्रालय अन्तरगतका विभागीय प्रमुखहरुले हस्ताक्षर गर्नकै लागि भए पनि अर्थ वा अन्यत्र मन्त्रालयमा कार्यरत अर्थमा काम गरिसकेका अनुभवी र विवादरहित सहसचिवहरू मध्येबाटै भन्सार विभागको महानिर्देशकमा खटाउने तयारीमा अर्थ मन्त्रालय लागेको स्रोत बताउँछ ।


  बजेट निर्माणको चटारोमा रहेको अर्थ मन्त्रालयले भन्सार विभागको रिक्त महानिर्देशकमा कसैले नाम नलिएको व्यक्ति पनि सरुवा गर्न सक्ने सम्भावना रहेको स्रोत बताउछ । विभाग डीजी बन्न सहसचिवहरू भुपाल बराल, ईश्वरीप्रसाद अर्याल, आन्नदप्रसाद काफ्लेहरु समेतले रहर गरेको बुझिएको छ ।

 

 विगत समयदेखि सीमा नाका र मुख्य भन्साहरूबाट बढ्दाे भन्सार शुल्क छली, भन्सार चाेरी,  तस्करी बढिरहेकाे अवस्था छ । विगतमा यसतर्फ भन्सार विभागकाे डीजीकाे  भूमिका सक्रिय र सफल देखिएन ।

 

  भन्सारमा देखा परेकाे संकटकाे घडीमा भन्सार, आन्तरिक राजस्व प्रशासनसम्बन्धी अनुभवी र विज्ञ सहसचिवलाई अर्थ मन्त्री डा. महत र सचिव पोखरेलले विभागको जिम्मेवारी दिन चाहेको चर्चा अर्थ मन्त्रालयमा चल्दै आएको छ ।(साँघु साप्ताहिक, २०८० जेठ ८ गते)

 

प्रतिकृया दिनुहोस