🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीमा नाकामा सशस्त्र प्रहरीकाे सक्रियता : तस्करीका लाखाै लाखका सामान बरामद

काठमाडाैं । करिब १७ लाख भन्दा बढीको सामान तथा ट्रकसहित दुई जना नियन्त्रणमा  रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ स्थित डुमरियाबाट १७ लाख ५ हजार १ सय २० रुपैयाँ बराबरको  विभिन्न सामान र एउटा ट्रकसहित दुई जनालाई जेठ ६ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको  छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ औरैया बस्ने २२ बर्षिय राजेश साह र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ८ बस्ने २६ बर्षिय सुमन सैजु रहेका
छन् ।

        विशेष सूचनाको आधारमा खटिएको नम्बर ११ गण रौतहटले प्रदेश नं. २–०३–००१ ख ७०७४ नम्बरको ट्रकलाई शंका लागि जाँच गर्दा विलमा उल्लेख गरिएको भन्दाबढि खाध्यान्न र अबैध मलखाद फेला परेपछि उनिहरुलाई ३२ बोरा गहुँ, ६९ बोरामकै, २३ बोरा युरिया मल सहित नियन्त्रणामा लिएको हो ।

        नियन्त्रणमा लिइएको सामान तथा ट्रकसहित दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

अबैध सामान बरामद  रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । साइकलमा राखि अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

        यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट जेठ ४ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६३ हजार ६ सय रुपैयाँ
बराबरको मलखाद बरामद गरेको छ ।  

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।  बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

अवैध रुपमा ल्याउँदै गरेको चल्ला बरामद

        कपिलबस्तु जिल्लाको कृष्णनगर नरपालिका १२ स्थित भगवानपुबाट जेठ ०७ गते सशस्त्र प्रहरीले करिव १ लाख ८९ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरेकोछ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदैँ गरेको उल्लेखित मुल्य बराबरको २१ सय वटा चल्ला सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगर (वीओपी कृष्णनगर) ले बरामद गरेको हो ।  बरामद चल्ला पशु क्वारेनटाइन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

चोरीपैठारीको सामान बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १ लाख १८ हजार ७ सय ९० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान सशस्त्र
प्रहरीले जेठ ८ गते बरामद गरेको छ ।

        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ता खाध्यान्न तथा मोटर पार्टस प्रस्तावित सीमा सुरक्षा
गुल्म (विओपी डण्डा) ले बरामद गरेको हो ।   बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।