🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीको हत्या गरी फरार रहेकाे गर्भे विक पक्राउ

काठमाडौं,    आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका-६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई २०८० जेठ २ गते मंगलबार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

    २०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलबस्तु शिबराज नगरपालिका-५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फाली फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तु पठाइएको छ ।