🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजबाट राप्रपा केन्द्रीय समितिको बैठक सुरु हुने

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजवाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ  ।

आजवाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीकाे आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने जनाईएको छ ।

गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो ।