🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल भन्छन, ‘अर्थतन्त्र अझै चुनौतीपुर्ण छ\’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन ।  

‘केन्द्रिय बैंक, राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यसकारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले पनि नीजि क्षेत्रलाई उत्तसाहित बनाउन सकेको छैन । ’ 

वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको उनको भनाई छ ।  जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनको भनाई छ ।

यद्धपी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग बाणिज्य महासंघले दिएका सुझावहरू सम्बोधन भए पनि पुर्ण रुपमा लागु नगरिएको उनको गुनासो थियो ।