🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनको अग्रसरता प्रशंसनीय छ : राप्रपा

काठमाडौं, २२ वैशाख । राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय छ। उक्त प्रकरणमा एकपछि अर्को ’हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएपछि राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको छ,’ उनले भनेका छन् ।

 
यस प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने बताउँदै उनले तर, ‘हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएकाले राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको बताएका छन् । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय छ। उक्त प्रकरणमा एकपछि अर्को ’हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएपछि राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको छ,’ उनले भनेका छन् ।

तर, प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित वातावरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ  
‘सन्देहास्पद रहेका व्यक्ति सत्तापक्ष होउन् वा प्रतिपक्ष, भ्रष्टाचार जस्तो गम्भीर र जघन्य अपराधमा संलग्नलाई प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित, भयमुक्त वातावरणमा छानबिन अघि बढाउनुपर्छ।

निर्दोष नपरुन्, दोषीले उन्मुक्ति नपाउन् भन्ने मान्यताका आधारमा जुनसुकै तहका राजनीतिक वा प्रशासनिक व्यक्ति हुन् कसैगरी छानबिनको दायरामा ल्याइनुपर्छ,’ उनले भने ।

  यस प्रकरणले देश तथा विदेशमा रहेका नेपालीले नियालिरहेको र प्रहरी प्रशासनको सक्रियता सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको भन्दै उनले यस प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘यो प्रकरणलाई सिङ्गो देश र परदेशमा रहेका नेपाली समेतले बडो उत्सुकताका साथ हेरिरहेको छ मात्रै होइन सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको छ।

भ्रष्टाचार र असुली प्रकरणको छानबिनमा इतिहास निर्माण हुँदै गरेको यो समयले फेरि कसैलाई निराश नबनाओस् । भ्रष्टाचारमा शुन्य सहनशीलता केवल सधैंको भाषणको विषय मात्र नबनोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।