🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन महिना देखि भाेक हडतालमा रहेका प्यालेस्टाइनी नेताको इजरायली जेलमा मृत्यु

काठमाडौं, २० बैशाख । झन्डै तीन महिना देखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ । इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन । 

इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्‍याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको इजरायली बिदेश मन्त्रालयले जानकारी दिएको छ ।

उनी अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतंकवादी संगठन घोषणा गरेको थियाे । इजरायलमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादका नेता खादिर अदनानको भोक हडतालको क्रममा मृत्यु भए पछि इजरायलको आलोचना सुरु भएको छ । इजरायल जेल सेवाका अनुसार ५ औं भोक हडताल जारी राखेको बखतमा उपचार गराउन प्रयास गरिए पनि उनले अस्वीकार गर्र्दै आएको जनाएको छ । 

अदनानले सन् २०१२ मा ६६ दिनको भोक हडताल  गरेका थिए भने सन् २०१५ मा ५९ दिनको भोक हडताल गरे पछि उनलाई जेल मुक्त गरिएको थियो । पछिल्लो भोक हडताल उनको ५ औ भोक हडताल हो । 

अमानवीय कानुनको विरोधमा अदनानले पटक पटक भोक हडताल गर्नु परेको जनाए पनि ४४ वर्षीय अदनानमाथि आतंकवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो ।