🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीरगञ्ज भन्सारकाे सेटिङमा बिलबिजक भन्दा बढी बैसठ्ठी लाखकाे सामन सहित ट्रक पक्राउ

 वीरगञ्ज । बिलविजक भन्दा बढी विभिन्न किसिमका औषधि तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक वीरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त गरेर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१५ गते पक्राउ गरेकाे छ ।

   पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरस्थित सडकखण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विलविजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा रू.६२,०८,५९३ ।

-(बैसठ्ठी लाख आठ हजार पाँच सय त्रियानब्बे) बराबरको ट्रक र सो ट्रकभित्र लोड रहेको औषधि तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

  मालवाहक ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएकाे छ ।