🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्टिबायोटिकभन्दा बढी फाइदाजनक लसुन

 विशेषगरी खानामा मसलाको रुपमा प्रयोग गरिने तथा खानालाई स्वादिष्ट बनाउने लसुन यति फाइदाजनक छ जसले एन्टिबायोटिकभन्दा बढी शरीरको लागि फाइदा गर्दछ । वैज्ञानिकहरूले लसुनमा पाइने एउटा तत्वले भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियाहरूविरुद्ध लड्ने क्षमताको विकास गर्ने विषयमा दाबी गर्दछन् । वैज्ञानिकहरू लसुन एन्टिबायोटिक औषधिहरूभन्दा बढी असरदार हुने बताउँछन् ।  

अमेरिकाको वाशिंङटन विश्वविद्यालयका शोधकर्ताहरूले लसुनमा गरेको अनुसन्धानमा लसुनमा हुने तत्वले डाइलिल सल्फाइड नामक विषाणुद्वारा निर्माण हुने विषाक्त पदार्थलाई शरीरबाट निकाल्न तथा यसविरुद्ध लड्ने क्षमताको विकास गर्न मद्दत गर्दछ । प्रमुख शोधकर्ता माइकल कोनेकलले यस तत्वले शरीरमा विषाणुहरूको विकासलाई रोक्ने र सखाप पार्ने काम गर्ने बताउँछन् ।