काठमाडाैं । लहान नगरपालिका वडा नं. १२ र २२ तथा नेपाली सेनाकाे शेर गणको सहकार्यमा "राजा सलहेश फूलबारी" मन्दिर परिसरमा जिर्णोध्दार गरिएको छ ।
जिर्णोध्दार गरिएको मन्दिर परिसरमा नेपाली सेनाले गार्ड घर तथा शौचालय भवन, ट्युबवेललगायतका निर्माण गरेकाे छ ।
मन्दिर परिसरकाे नवनिर्मित संरचनाहरुको मध्य पूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले २०८० वैशाख ३ गते समुद्घाटन गरेका छन् ।



