• शनिबार-कार्तिक-१०-२०८१

तनहुँका कांग्रेसलाई गफ दिंदै वाग्ले !

 

काठमाडौं । कांग्रेस छोडेर रवि लामिछानेको पार्टीमा  लागेका स्वर्णिम वाग्लेको माहोल बनाउन अमेरिकी लाइनका बुद्धिजीवी नै सक्रिय  भएका छन् । केही बुद्धिजीवीहरु भने तनँहु– १ मै पुगेका छन् । वाग्लेले भने अहिले कांग्रेस कार्यकर्ता फकाउनमा लागेका छन् । अब आफू अर्थमन्त्री हुने र बजेट धेरै ल्याउने बताइरहेका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आपूmलेजति बजेट ल्याउन नसक्ने भएको भन्दै वाग्लेले इमोनशल ब्ल्याकमेलिङ गरिरहेका छन् । कांग्रेसले पहिला भट्टराई राष्ट्रियसभाको सदस्य बनाउने सहमति गरेको थियो । 


रामचन्द्र पौडेललाई प्रतिनिधिसभामा टिकट दिने बेलामा भट्टराईलाई राष्ट्रियसभामा ल्याउन सहमति भएको स्रोतको भनाइ छ ।  पौडेल राष्ट्रपति नभएका भए भट्टराई राष्ट्रियसभामा आउने थिए । तर, पौडेल राष्ट्रपति भएपछि भट्टराईलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा आउन बाटो खुलेको हो । अहिले वाग्ले त्यही कुरालाई चुनावी रणनीति बनाएका छन् । कांग्रेस कार्यकर्तालाई वाग्लेले ‘भट्टराईलाई पहिला नै राष्ट्रियसभामा लैजाने सहमति भएको छ । अब हार्दा पनि  राष्ट्रियसभामा जानुुहुन्छ । मलाई प्रतिनिधिसभामा पठाउनुहोस्, म अर्थमन्त्री हुने मान्छे हो, बजेट धेरै ल्याउँछु । यो कुरा गोविन्द भट्टराईबाट हुँदैन।’ कांग्रेसको बाहुल्य  भएको यो क्षेत्रमा यही कुरा गरेर वाग्ले भिडिरहेका छन् । यो क्षेत्रका कांग्रेसका कार्यकर्ता भने भट्टराईले पहिलो पटक न्याय पाएको र उनी इमान्दार रहेको भन्दै वाग्लेलाई वेवास्ता गरिरहेका छन् । त्यहीकारण ‘भाइरलम्यान’ रवि लामिछानेलाई निर्वांचन क्षेत्रमा लैजान खोजिरहेका छन् । उम्मेदवारी दर्ता नै लामिछाने आएपछि गरेका वाग्ले सकेसम्म आफ्नो क्षेत्रमा लामिछानेलाई लगेर आफू जित निकाल्ने रणनीति लिएका छन् । 


  वाग्लेमाथि श्रीमती विदेशी, भएको र उनलाई आजसम्म नेपाली नागरिकता नदिलाएको, आरोप लागेको छ । त्यतिमात्र होइन, श्रीमती विदेश मै बस्ने र  श्रीमतीको नाममा अरबौ रुपैयाँ विदेशमा लगानी गरेको समेत आरोप लाग्न थालेको छ । (साँघु साप्ताहिक, २०७९ चैत २९)

प्रतिकृया दिनुहोस