• शनिबार-कार्तिक-१०-२०८१

जंगलमा हराएका आन्तरिक पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

 

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले २०८१ कार्तिक ९ गते उद्धार गरेको छ । उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।


उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकि जंगलमा हराएका थिए ।


सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी  भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।

प्रतिकृया दिनुहोस