• शनिबार-कार्तिक-१०-२०८१

भ्रष्टाचारीलाई मृ त्यु द ण्ड को सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ ।

 

पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्टाचार विरोधी अभियन्ता रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरि वरिष्ठ नेता क्याप्टेन केबी लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  


  पार्टीले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानहरु तीब्र रुपमा अगाडि बढाइरहेको छ । चियापान सहितको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष, महासचिव तथा वरिष्ठ नेताले सम्बोधन गरेका थिए ।

 

सम्बोधनको क्रममा नेताहरुले हाम्रो मुलुकलाई विकसित मुलुकको रुपमा लैजाने सबै भन्दा ठूलो बाधक नै भ्रष्टाचार हो भन्ने विषयलाई जोड दिएका थिए ।


 यो मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ती छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्छ भन्ने ठहर राष्ट्रिय मातृभूमि पार्टीको रहेको भनाई पार्टीका बरिष्ठ नेता क्याप्टेन केबी लिम्बुको थियो ।


  कार्यक्रममा नेता लिम्बुले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गरेका थिए ।

 

३४/३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि वर्वादीबाहेक केही पनि नगरेका दल र तिनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको नेता लिम्बुको जिकिर थियो ।


सानोबाट नै ठूलो हुने यी भ्रष्टहरुको विरुद्धमा राष्ट्रिय मातृभूमि पार्टीले देश व्यापी अभियान चलाएर यिनीहरुको भन्डाफोर गरेरै छाड्ने पार्टीका अध्यक्ष, महासचिव लगायतका नेताहरुको उद्घोष थियो ।  

 

प्रतिकृया दिनुहोस