• शनिबार-कार्तिक-१०-२०८१

'फोहोरबाट मोहर' : चन्द्रागिरीमा खेर जाने फूलबाट धुप बनाउने एक दिने तालिम सम्पन्न (तस्बिरसहित)

 

चन्द्रागिरी, १० कार्त्तिक – सेवा नेपालद्वारा आयोजित एकदिने सिप विकास तालिम कार्यक्रम आज काठमाडौँको चन्द्रागिरी-९ स्थित मच्छेगाउँमा सम्पन्न भएको छ ।

 

यो तालिमको मुख्य उद्देश्य घर, मन्दिर तथा धार्मिक क्रियाकलापमा प्रयोग गरिएका फूलहरुलाई खेर जान नदिइ यसलाई विभिन्न प्रकारका धुपमा रूपान्तरण गरेर आर्थिक उपार्जन र वातावरणको संरक्षण गर्नु रहेको बताइएको छ । Green Action Week 2024 को अवसरमा यस अभियानले सामुदायिक सहकार्य र फूलजन्य फोहरको उचित व्यवस्थापनलाई प्रवर्द्धन गर्ने योजना रहेको बताइएको छ ।

सो तालिम कार्यक्रममा प्रशिक्षक सन्तोषी गुरुङद्वारा सहभागी २५ जना स्थानीय महिलाहरुलाई फूलको फोहोर रिसाइकल गरेर सिन्के धुप तथा बाटेको धुप उत्पादन गर्ने प्रशिक्षण दिइएको हो ।

 

सेवा नेपालकी संस्थापक अध्यक्ष कल्याणी शाहले यस तालिममार्फत महिला तथा गृहिणीहरुका लागि स्वरोजगारी र उद्यमशीलताका अवसरमा पहुँच पुर्याउने अपेक्षा गरिएको बताइन । यसैगरी सेवा नेपालका कार्यवाहक अध्यक्ष केशवराज लम्सालले यसप्रकारका तालिमले सामाजिक एकता र वातावरणीय दिगोपनमा सामूहिक समर्पणलाई पनि बढावा दिने विश्वास व्यक्त गरेको बताए ।

आजको कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष अच्युत अधिकारी, चन्द्रागिरी-९ गणेशस्थान टोल विकास संस्थाका अध्यक्ष ईश्वर थापालगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

 

यसैगरी सेवा नेपालकी सचिव समिता केसीले यस प्रकारका तालिम कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरेको बताइन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस