• शनिबार-कार्तिक-१०-२०८१

खु कुरी प्रहार गरी आफ्नै छिमेकीको हत्या

 

खाँदबारी (सङ्खुवासभा), १० कात्तिक : सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । 

 

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । 

 

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उहाँको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।  
---

प्रतिकृया दिनुहोस