कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सबैभन्दा पहिला २०७९ फागुन ३० गते दुईजनालाई सचिवालयमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सचिवालयमा नियुक्त गरेका दुईजनामध्ये एकजना चिरञ्जीवी अधिकारी पहिलादेखि नै पौडेलकै सचिवालयमा थिए । लामो समयदेखि उनकै साथमा रहेका अधिकारीलाई स्वकीयमा नियुक्त गरेका छन् ।
अर्को एकजना चाहिन डा.सुरेश चालिसे रहेका छन् । उनी पहिला बेलायत र अमेरिकाको राजदूत भइसकेकका व्यक्ति हुन्। त्यतिमात्र होइन, गिरिराजप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार समेत भइसकेका व्यक्ति हुन् । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र सल्लाहकारसहित सचिवालयसमेत हेर्नेगरी जिम्मेवारी दिएका छन् ।
चालिसेको नियुक्ति पत्रमा दुवै कुरा उल्लेख गरेका छन् । गिरिराजप्रसाद कोइराला हुँदा मात्र होइन, १४ औं महाधिवेशनको केही समयअघिसम्म चालिसे नेता रामचन्द्र पौडेलकै समूहमा थिए ।
कोइराला समूहका नेता चालिसे कांग्रेसकाे महाधिवेशनका केन्द्रीय सदस्य भने जित्न सकेनन । तर, उनी पौडेलले कित्ता छोडेर देउवा कित्तामा लागे पनि चालिसे भने कोइराला समूहमै रहेकाे थिए । कोइराला समूहबाट केन्द्रीय सदस्य उठेर पनि हारेका चालिसेलाई पौडेलले पहिलो लहरमै नियुक्ति दिनुलाई चाहिँ पुरानै गुटको साथी खोजेको अर्थमा व्याख्या हुन थालेको छ ।
देउवाको साथले राष्ट्रपति भएका पौडेलले सुरुमै देउवा समूहविरुद्धको व्यक्तिलाई नियुक्ति दिएका छन् । चालिसे नेपालमा अमेरिकी परियोजना एमसीसीको पक्षधर थिए । र, पछि सैन्य गठबन्धन एसपीपीको पक्षमा पनि उभिएका थिए । प्रो अमेरिकीन लविङका चालिसेको नियुक्तिले राष्टपतिले सुरुमै पक्षधरता देखाएको पनि चर्चा हुुन थालेको छ ।



