🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

काराकस, २८ फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो । 

“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भन्नुभएको छ । यद्यपिह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उहाँले स्वीकार गर्नुभएको छ । 

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेहो आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाउनुभएको छ । 

उहाँले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताउनुभयो । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताउनुभयो । 
–––