🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजधानीमा ६ महिनादेखि पत्रकार तलबविहीन, महासंघले गुहार्‍यो सरकार

काठमाडौं । राजधानी पब्लिकेशनद्धारा सञ्चालित राजधानी राष्ट्रिय दैनिकमा ६ महिनादेखि पत्रकार तथा कर्मचारीले पारिश्रमिक पाएका छैनन् । नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाले लामो समयदेखि सेवा सुविधा नदिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । शाखाका अध्यक्ष इश्वर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरेर तत्काल सम्पूर्ण बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।

‘प्रतिष्ठान शाखा यस दैनिकको व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुखलाई आफ्नो दायित्व पूरा गर्नु मात्रै नभएर नैतिकता र मानवीय भावना देखाउन माग गर्दै पारिश्रमिक लगायतका ६ महिनाकै बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दछ । अन्यथा, प्रतिष्ठान शाखा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

\"No

प्रतिष्ठान शाखाले नेपाल सरकार र मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भीर रुपमा लिन अनुरोध गरेको छ ।

प्रतिष्ठान शाखाले राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि सेवा सुविधा नपाउँदा उनीहरुको दैनिक जीवन यापनमा समेत समस्या देखिएको भन्दै यस्तो अवस्थामा व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुख गैरजिम्मेवार देखिएको जनाएको छ ।

‘व्यवस्थापकले पत्रकार तथा कर्मचारीलाई नियमित रुपमा काममा लगाउने तर सेवा सुविधा उपलब्ध नगराउनु, पूरा गर्नुपर्ने दायित्वको विषय मात्र नभएर नैतिकता र मानवीय संवेदनाको विषय पनि हो भन्ने शाखाको ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।