🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

९२ जना सुरक्षा अधिकृतहरूले पूरा गरे सैनिक कमाण्ड तथा स्टाफ तालिम(हेर्नस् तस्बिर)

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमहरुले मुलुकको परिस्थितीलाई समेत प्रभावित गरिरहने भएतापनि नेपालको सीमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आईरहेको भूमिका सामान्यत: अपरिवर्तनीय रहने कुरा बताएका छन् ।

   सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०७९ बैशाख ०५ गते शुरु भएको सि.सं. २९ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधान सेनापतिले अगाडि "नेपाली सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारीहरु संविधानबाटै निर्देशित हुनुको साथै स्वदेशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बहुआयामिक चरित्रका छन् ।" प्रधानसेनापति शर्माले बताएका छन् ।

\"\"

 स्वदेशी तथा विदेशी सैन्य अधिकृत र सुरक्षा अधिकृतहरू सम्मिलित साे तालिममा नेपाली सेनाका ३ जना महिलासहित ८० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना अधिकृतहरु तथा श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी ९ जना विदेशी अधिकृत सहित जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरुले उक्त तालिम सम्पन्‍न गरी  २०७९ फागुन १२ गते दीक्षित भएका हुन् ।

\"\"

  वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको   थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११२०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरुका १०८ गरी जम्मा १,२८६ जना शिक्षार्थी अधिकृतहरु प्रशिक्षित भएका छन् ।

  उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme विषयको सोधपत्र (Thesis Work) अर्थात् Commandant's Paper तर्फ सेनानी विक्रम खड्का, MSS Programme तर्फ सेनानी रविन गुरुङ्ग तथा समग्र तालिममा सेनानी उज्जवल गोतामे सर्वोत्कृष्ट शिक्षार्थी भएका छन् । यसैगरी पाकिस्तानी सेनाका Major Muhammad Mubeen Cheema  ले Best International Officer Award  प्राप्त गरेका छन् ।

  दीक्षान्त समारोहका दौरान प्रधान सेनापति महारथी शर्माबाट सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार (Best Student Award) प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन The Shivapuri Journal को २४ औं संस्करण विमोचन गरिएको थियो । सोही क्रममा MSS Programme तर्फ प्रथम शिक्षार्थीलाई त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. शिवलाल भुषाल र Commandant's Paper तर्फ प्रथम भएका शिक्षार्थीलाई शिक्षाधिकृत उपरथी सन्तोष कुमार ढकालले नगद तथा पुरस्कार प्रदान गरेका थिए  । दीक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई प्रधान सेनापति महारथी शर्मा र प्राध्यापक डा. भुषालबाट प्रमाण-पत्र वितरण गरिएको थियो ।

 
  कलेजका शिक्षाधिकृत उपरथी सन्तोष कुमार ढकालको स्वागत मन्तब्य सहित शुरु भएको समारोहमा दीक्षित भएका अधिकृतहरुलाई बधाई दिंदै प्रधान सेनापतिले तालिमको दौरान प्राप्त ज्ञान र अनुभवको समुचित सदुपयोग गर्दै आफू मातहतका कमाण्डर तथा जवानहरुलाई सही मार्गनिर्देशन सहित आ-आफ्नो संस्था एवं राष्ट्रको हितमा उपयोग गर्न सुझाव पनि दिएका थिए ।

 उक्त कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आवद्ध व्यक्ति, कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत र शिक्षार्थी अधिकृतहरुका परिवारजनको समेत उपस्थिति रहेको थियो ।