🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राससको ६२ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, ७ फागुन (रासस) : राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह सम्पन्न भएको छ । साथै आजै राससका सबै प्रदेश कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा  उत्कृष्ट सेवाग्राहीलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गोरखापत्र संस्थान, दि हिमालयन टाइम्स र लोकान्तर डट कमलाई सम्मान गर्नुभएको हो ।

सो सम्ममान गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, दि हिमालयन टाइम्सका प्रतिनिधि रामकुमार कामत र लोकान्तर डट कमका प्रधानसम्पादक विमल गौतमलाई प्रदान गरिएको थियो ।

     समाचार संस्था राससबाट उत्पादन भएका समाचार सामग्रीको प्रयोगमा पत्रकारिता आचारसंहिताको पालना गर्ने ती सञ्चारमाध्यमलाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ गरी दुई पुस्तक विमोचन गर्नुभएको थियो ।
 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी सङ्घका कार्यवाहक अध्यक्ष पवित्रा गुरागाइँले कर्मचारीको वृत्ति विकास एवं हकहितका बारेमा सबैसँग समन्वय र सहकार्य गरी काम गर्न व्यवस्थापन पक्षसँग माग गर्नुभएको थियो ।
–––