काठमाडाैं । जिल्ला दैलेख भगवतीमाई गा.पा.वडा नं. २ स्थाई वतन भई हाल काठमाडाैंकाे नयाँ बसपार्क बस्ने बर्ष २४ को तोपेन्द्र सिंह समेतले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारिको लागि कम्बोडिया पठाइदिन्छु त्यसको लागि प्रति व्यक्ति रु। ६,००,०००। (अक्षेरुपी छ लाख रुपैयाँ) लाग्छ ।
सम्बन्धित देशमा पुगेपछि क्यासिनोमा सेक्युरिटीगार्डमा काम लगाई मासिक १ लाख ३० हजार तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरि जम्मा रु। १२,००,०००। (अक्षेरुपी बाह्र लाख रुपैयाँ ) ठगेकाे खुलेकाे छ ।
प्रलोभनमा पारेर कम्बोडिया पठाइदिन्छु भन्दै रकम लिई भनेको समयभित्र नपठाए पछि पटकपटक सम्पर्क गर्दा समेत सम्पर्कविहीन भई ठगी गरेको भनी नेपाल प्रहरीकाे Metropolitan Crime Division Hanumandhoka कार्यालयमा जाहेरी दरखास्त परेपछि निज तोपेन्द्र सिंह समेत लाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएकाे छ ।
Metropolitan Crime Division Hanumandhoka कार्यालयको प्रहरी टोलीले दैलेख जिल्ला भगवतीमाई गा.पा. वडा नं. २ स्थायी वतन भएका तोपेन्द्र सिंह(२३)लाई २०७९ फागुन ३ गते काठमाडाैं महानगर वडा नं. २६ गंगवु बिजीमहलबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ ९१० र ९२० बमोजिमको कसुरमा कानूनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको Metropolitan Crime Division Hanumandhoka ले जानकारी दिएकाे छ ।
।



