🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु

गण्डकी, ८ माघ (रासस) : पोखरा रङ्गशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले २५–२३, २५–२० र २५–१६ ले पुलिसलाई पराजित गरेको हो । 

उद्घाटन पछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एपीएफ २०–२५, २५–२२, २६–२४ र २५–१९ ले विजयी भएको हो । 

महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहेको छ । 

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच÷पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ ।     

गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो । 
–––