🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौँ, ८  माघ । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी हुनुभएको छ ।

विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिनुभयो ।

उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी हुनुभयो । 

महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित हुनुभयो भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी हुनुभएको छ ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि हिजो शनिबार बिहान ८ बजेदेखि  मतदान सुरु भई ४ बजे सम्पन्न भएको थियो । कूल आठ सय १२ मतदाता रहेकोमा छ सय मत खसेको थियो । १५ सदस्यीय  कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ । 

रासस