🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्राडा उपेन्द्र देवकोटाले मानार्थ अध्यक्ष उपाधि ग्रहण गर्दा मुस्कुराउँदै भने \’आइएम ह्याप्पी\’

काठमाडौँ, २६ जेठ  : नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । 

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । 

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए  । 

शर्माले भने, “हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचढाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान ग¥यौँ, उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।” 

उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएको अध्यक्ष शर्माले राससलाई जानकारी दिए  । 

“हामीले सामान्य दोहोरो कुराकानी ग¥यौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत पु¥याएको छ, यति निर्दयी भएर समाचारमा दिन हतार नगर्दा हुन्थ्यो, परिवारको भावनाको कदर गर्नुहुन अनुरोध छ,” शर्माले भने। 

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेको थियो । 
–––