🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भट्टलाई चोख्याउन महानिर्देशक अधिकारी सक्रिय ?

काठमाडौं । शंकास्पद र अन्तर्राष्ट्रिय माफियाहरूसँग उठबसमा रहेका व्यवसायी दीपक भट्टलाई चोख्याउन सम्पत्ति शुद्वीकरण तथा अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारी लागि परेको समाचार छ । भट्टले नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरीको राशन, पोशाक, जुत्ता, बन्दोबस्तीका सामान सप्लाईका जलविद्युतका प्रोजेक्टका ठेक्कापट्टा एकलौटी रुपमा वर्षांैदेखि ठेक्का हत्याउँदै आएका छन् ।

 उनले नेपाली सेनालाई हेलिकप्टर सप्लाई गर्दा एक अर्ब कमिशन खानेदेखि, हातहतियार तथा गोलीगठ्ठा, जलविद्युतको लाइसेन्स लिने र प्रहरी, निजामतीका उच्च तहका हाकिमहरूको मालदार ठाउँमा सरूवा र बढुवाको लागि बिचौलियाको भूमिका निर्वाह गर्दै आएको बताइन्छ । शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा रामचन्द्र भट्ट (चन्दने) र भट्टको सेटिङ्गमा पर्यटन विभागको महानिर्देशकबाट अधिकारीलाई शुद्धीकरणमा सरूवा गरिएको थियो । राजस्व प्रशासन, अनुसन्धान, तहकिकात र अभियोजनका क्षेत्रमा उनको अनुभव शून्य रहेको स्रोत बताउछ । तिनै अधिकारीलाई उक्त विभागमा किन र के स्वार्थका लागि लगिएको थियो भन्ने रहस्यको गाँठो अहिले आएर खुल्दैछ ।

  विगतमा प्रशासन क्षेत्रमा काम गरेका अधिकारीलाई भविष्यमा आफूहरू विरूद्व उजुरी पर्नसक्ने अनुमान र अड्कलबाजी गरेर नै भट्टद्वयले सेटिङ्गमा उक्त विभागमा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको स्रोतले साँघुलाई बतायो । इन्फिनिटी होल्डिङ्स प्रा. लि. र भट्ट विरूद्व झण्डै ७० करोड रकमको शंकास्पद कारोवार गरेको सम्पत्ति शुद्धीकरणको उजुरी नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको थियो । तर, आयोगले उक्त फाइल शुद्धीकरणमा पठाएको छ । आयोगले त्यसरी फाइल विभागमा पठाउनु भनेको भट्टलाई उल्टै चोख्याउन रचिएको प्रपंच भएको स्रोतको दावी छ ।

महानिर्देशक अधिकारी प्रधानमन्त्री प्रचण्डको जन्मथलो कास्की ढिकुर पोखरीका बासिन्दा हुन् । उनी कास्की कांग्रेसका नेता शुक्रराज शर्मा, जीवन परियार, तिलक रानाभाट जस्ता नेताहरूसँग राम्रो सम्बन्ध र उठबस भएका व्यक्ति पनि हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला शिक्षा तथा प्रविधि मन्त्रालय सरूवा हुनु भन्दा अगाडि उनी २०७९ साउनमा पर्यटन विभागको महानिर्देशक सरुवा हुन सफल भएका थिए ।

  तर, त्यहाँ केही समय काम नगर्दै भट्टद्वयको सेटिङ्ग र योजनामा नै अधिकारी सम्पत्ति शुद्धीकरणमा पुगेको स्रोतको दावी छ । अब अधिकारीले आफैंलाई विभागमा ल्याउन भूमिका खेलेका दीपक भट्टविरूद्वको उजुरीमा कसरी छानविन होला ? उल्टै प्रश्न उब्जिएको छ । अनुसन्धानको बहानाबाजी गरेर सफाई दिने तानाबुना बुनिएको र झारा टार्न मात्र भट्टलाई बयानको नाटक मंचन भइरहेको स्रोत बताउछ ।

उता, जनार्दन शर्मा उर्जा मन्त्री भएका बखत बुढीगण्डकी जलविद्युत आयोजनाको रु. २ खर्ब ६० अर्बको जलाशययुक्त आयोजना बनाउन बिना प्रतिस्पर्धा भट्टकै योजनामा चाइना गेजुवा ग्रुप कम्पनीलाई अनुमति दिलाएका थिए । उनी गेजुवाका नेपाल एजेन्ट हुन् । त्यही बेलादेखि नै भट्ट र नेता शर्माको घनिष्ठ सम्बन्ध रहेको बताइएको छ । सोही सम्बन्धलाई प्रयोग गरी जगदम्बा स्टिल कम्पनीलाई अर्बौं रकम लाभ पुग्ने गरी करमा छुट दिलाउन पनि सफल भएका थिए ।

दीपक भट्टले अघिल्लो सरकारका पालामा प्रधानमन्त्री निवास बालुवाटारको विचौलिया भूमिकामा रहेका रामचन्द्र भट्ट,  प्रमुख स्वकीय सचिव भानु देउवा, डा.आरजु राणाका स्वकीय सचिव तथा हाल सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद प्रकाश देउवाको मिलेमतोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती सेवाका कर्मचारीको सरूवा, बढुवा हस्तक्षेप गरेर थैली असुल्ने काम गरेका थिए ।  राजनीतिक नियुक्तिमा विचौलिया बनेर नेपाली कांग्रेसको समेत बद्नाम गरेका थिए । यसरी संकलित रकम व्यापारिक साझेदार शंकर र जगदम्बा ग्रुपका मालिकहरुमार्फत लगानी गरेको स्रोत बताउँछ । सम्पत्ति शुद्धीकरणमा उजुरी परेको सो रकम दीपक भट्टको रु. ५० लाख कारोवार सीमा भएको ओेभरड्राफ्ट खातामा रु. ४५ करोड ४ लाख ८७ हजार कारोवार भएको देखिएको थियो ।

यसैगरी, दीपक भट्टको एकल स्वामित्वको ‘इन्फिनिटि होल्डिङ्स प्रा. लि.’ को रु. ४४ करोड सीमा कारोवार हुने ओभरड्राफ्ट खातामा ६३ करोड ४० लाख ९३ हजार रूपैयाँ कारोवार भएको भेटिएको थियो । पछि यो रकम भट्टले आफ्नो शेयर रहेको हिमालयन रि–इन्स्युरेन्स कम्पनीमा सारेका थिए । २०७७ असारसम्म होल्डिङ्सको चुक्ता पुँजी रु. ३ करोड रहेकोमा देउवा प्रधानमन्त्री भएको एक वर्ष नपुग्दै अस्वभाविक रूपमा रु. ४८ करोड कसरी पुग्यो ? भन्ने प्रश्न पनि उठेको छ ।

शंकरलाल, उनका छोराहरू शाहिल र सुलभ अग्रवालले हेर्ने जगदम्बा होल्डिङ्सको रकम पनि अकस्मात बृद्धि भएको विषयमा नेपाल राष्ट्र बैंक र अख्तियारले आशंकाको रुपमा लिएको स्रोत बताउछ । अकुत सम्पति सम्वन्धीको अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण विभागको कार्य क्षेत्र भित्र पर्छ । यही कारण उक्त फाइल झारा टार्ने र आफ्ना गडफादर भट्टलाई चोख्याउनका लागि बिभागमा पठाएर ढाकछोपका लागि चलखेल गरिदैछ । सुलभ अग्रवाल पनि काला धँनदा गर्ने व्यापारी हुन् । रु. १५ हजार पर्ने ज्वरो नाप्ने चाइनिज थर्मल गन ५० हजारमा बिक्री गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७६ चैत २५ गते नक्सालबाट निजलाई पक्राउ गरेको थियो । अहिले भट्टद्वय र अग्रवाल दाजु भाइको बिचौलिया दोस्ती अझ घनिभूत भएको बताइन्छ ।