🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टिकटक लाइभमा जुवा खेलाउने चारजना पक्राउ

काठमाडौं । काठमाडौ. उपत्यकाभित्र इसेवालगायतका विभिन्न डिजिटल वालेटमा रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत जुवातास खेलाउने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले पक्राउ गरेको छ । टिकटक लाइभमार्फत जुवातास खेलारहेको अवस्थामा ग्वार्काे, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धानका एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएको छ । 

\"\"

पक्राउ पर्नेमा दाङ घर भई ललितपुर ग्वार्काे बस्ने ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायकका कपिल काफ्ले, भक्तपुर मध्यपुर ठिमीका प्रेम कठायत र कैलाली जिल्ला भई भक्तपुर मध्यपुर ठिमी बस्ने डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले विभिन्न नाममा टिकटक आईडीहरु खोली इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई पैसा जम्मा गर्न लगाई जुवातास खेलाउने गरेका थिए ।