🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व इतिहासमा आज : विनाशकारी सुनामीदेखि माओको जन्म

आज २६ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

विनाशकारी सुनामी
 

सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विनाशकारी सुनामीबाट इन्डोनेसिया, भारत, मलेसिया, श्रीलंका र थाइल्यान्डमा ठूलो क्षति भएको थियो । ९ दशमलब १ रेक्टर स्केलको भूकम्पपछिको सुनामीलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपद् मानिन्छ ।

मेन अफ दी इयर
सन् १९८२ मा अमेरिकाको प्रसिद्ध टाइम म्यागेजिनले पर्सनल कम्प्युटरलाई मेन अफ दी इयर घोषित गरेको थियो । कुनै पनि घटना चाहे ती सकरात्मक हुन वा नकरात्मक, त्यसले समाजमा पार्ने असरलाई आधार मानेर टाइम म्यागेजिनले सन् १९२७ देखि मेन अफ दी इयर घोषणा गर्न थालेको थियो ।

अमेरिकामा सांस्कृतिक बिदा
सन् १९६६ मा पहिलो पटक अमेरिकामा रहेका अफ्रिकी डायसपोराले एक साता लामो सास्कृतिक पर्व कावान्जा मनाएका थिए । अफ्रिकी संस्कृतिको अध्ययन गर्ने प्राध्यापक तथा अश्वेत आन्दोलनका अग्रणी  मौलाना कारेन्गाको अगुवाइमा सो पर्वमा बिदा दिन थालिएको थियो ।  यो पर्व हरेक वर्षको २६ डिसेम्बरदेखि १ जनवरीसम्म मनाइन्छ र सातै दिन अफ्रिकी समुदायलाई सार्वजनिक बिदा दिइन्छ ।

माओको जन्म दिन
आजकै दिन अर्थात सन् १८९३ को २६ अक्टोबरमा चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म भएको थियो । जनगणतन्त्र चीनका अध्यक्ष रहेका माओ चीनको चर्चित सांस्कृतिक क्रान्तिका अगुवासमेत हुन् ।