🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश मन्त्रिपरिषद् बैठक : नवौँ राष्ट्रिय खेलकुदका विजेता खेलाडीलाई सम्मान गर्न बजेटको व्यवस्था

विराटनगर, ६ पुस । प्रदेश नंं १ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा हिजो बसेको बैठकले बजेट स्वीकृत गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । 
    

यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ स्वीकृत गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपाङ्गता सहायता कक्ष सञ्चालनसम्बन्धी कार्यविधि, २०७९, सोही मन्त्रालयको ब्रिज कोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।
      

बैठकले मिति २०७९ पुस ४ गते सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं ४, बाक्सिला बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तामन्त्री घिमिरेले जानकारी दिनुभयो ।
–––
रासस