🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वप्रधानमन्त्री रुड अमेरिकाका लागि अष्ट्रेलियाको दूतमा नियुक्त

सिड्नी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुडको नियुक्तीलाई उत्कृष्ट बताएका छन् । 

 
‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको रूपमा यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियालाई ठूलो साख ल्याउनेछ’, प्रधानमन्त्री अल्बानिजले भने । 

धाराप्रवाह मन्डारिन बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेखेका र बोलेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले सन् २०२३ को सुरुमा आफ्नो पदभार ग्रहण गर्ने छन् ।