🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सदरमुकाम सार्दा कर्णाली प्रदेश सरकार विवादमा

 डोल्पा । प्रदेश सरकारले गर्ने काम के के हुन् भन्ने संविधानमा उल्लेख छ । तर अधिकार नै नभए पनि कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सार्ने निर्णय बदर गरी साविककै दुनैमै राख्नका लागि प्रदेश सरकारबाट निर्णय गरी संघीय सरकारमा सिफारिस गरेपछि समस्या सिर्जना भएको छ ।  

अघिल्लो सरकारको मन्त्रिपरिषद्बाट डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र सार्ने निर्णय भई फागुन १६ गते जुफाल केन्द्र तोकेर राजपत्रमा प्रकाशित भएको थियो । उक्त नगरपालिकाको पहिलो नगरसभाको २०७४ असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को २०७४ माघ २४ को निर्णय र फागुन १६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायीरुपमा जुफाल( ७ मा स्थापना गरिएको थियो । ।  २०७४ फागुन २५ मा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका ओमबहादुर बुढाले औपचारिक रुपमै नगरको केन्द्र जुफालमा उद्घाटन गरेका थिए । 

स्थानीय सरकार संचालन ऐन दफा ४ को ५ मा बहुमतका आधारमा पनि केन्द्र सार्न पाउने अधिकार छ । ठूलीभेरी नगरपालिकाको केन्द्र सबैलाई पायक पर्नेगरी केन्द्र जुफालमा सार्ने निर्णय नगरपालिकाले गरेको थियो । स्थानीय सरकार संचालन ऐनको दफा ५ मा उल्लेख छ(‘यस दफामा अन्यत्र जनुसुकै कुरा लेखिएको भए तापनि गाउूपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट  प्रस्ताव पारित गरी एक पटकका लागि गाउूपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिसबमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ ।’ यसरी जुफालमा केन्द्र सार्ने निर्णय गरी कार्यालय संचालन गरिसकेपछि दुनैबासीले २०७४ फागुनदेखि आन्दोलन गरेका कारण नगरपालिकाका विकास निर्माणका काम ठप्प भएका छन् । 

नगरपालिकाको केन्द्र नगरसभाको दुई तिहाई बहुमतले दुनैबाट जुफाल सारेको हो, राजपत्रमा सूचना निकालेर केन्द्र सारिएको छ । स्थानीय निकाय संचालन ऐनअनुसार एकपटक सारिसकेको केन्द्र परिवर्तन गर्न नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने ब्यवस्था स्थानीय सरकार संचालन ऐनको दफा ३ मा उल्लेख छ ।

ऐनको दफा ३ मा उल्लेख छ(‘गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेकामा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत् नेपाल सरकारमा पठाउनुपर्नेछ ।’ तर ठूलीभेरी नगरपालिकाको कार्यपालिकाले कुनै प्रस्ताव नै नपठाई कर्णाली प्रदेश सरकारले केन्द्र पुनः दुनैमै राख्नका लागि केन्द्र सरकारलाई लेखेर पठाएपछि विवाद सृजना भएको छ ।  यसरी प्रदेश सरकारले नगरपालिकाको निर्णयविना नै केन्द्र हेरफेरको सिफारिस गरेपछि यसले गलत नजिर बस्ने भएको छ । 

 प्रदेश सरकारलाई स्थानीयतहको निर्णयविना नै केन्द्र हेरफेरको निर्णय गरी केन्द्रमा सिफारिस गर्ने अधिकार नै नभए पनि डोल्पाका मन्त्री नन्द बुढाले समस्या सृजना गरेका छन् । उनले दुनैबासीलाई आन्दोलनमा उतारेका छन् । डोल्पाकै पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले पनि समस्या समाधान भन्दा पनि बल्झाउने काम गरेका छन् । प्रदेशले यसरी मनपरी गरेका सिफारिस अनुसार स्थानीय तहका केन्द्र परिवर्तन गर्दा भोलि समस्या पर्नसक्ने कुरामा केन्द्र सरकार सतर्क हुनुपर्छ, जुफालका ललित शाहीले भने, जुफालमा केन्द्र सार्दा प्रक्रिया अनुसार नै भएको छ । दुनै भन्दा जुफाल बहुसंख्यक जनताको पायक पर्ने ठाउँ हो ।   

ठूलीभेरीको केन्द्र जुफालमा सार्ने  निर्णय कर्णाली प्रदेशको सरकारले बदर गर्न केन्द्रमा सिफारिस गरेपछि ठूलीभेरी नगरपालिकाका जनप्रतिनिधिहरू समस्यामा परेका छन् । बहुसंख्यक जनताको चाहनाअनुसार नै ठूलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सारिएको हो, मेयर गणेशबहादुर शाहीले भने । केन्द्र विवादका कारण ठूलीभेरी नगरपालिकाका कुनै पनि वडामा विकासका काम अघि बढ्न नपाएको स्थानीयवासी बताउँछन् ।