🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पराजयपछि हिंसामा उत्रिए मोरक्कोका प्रशंसक

रवत । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् । फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन् । 

तिनीहरूमध्ये एकले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । मोरक्कोका फ्यानहरूले फ्रान्सको फाइनलमा छनोट भएको उत्सव मनाउनेहरूलाई वस्तुहरू फ्याँकेका थिए ।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका  जनसंख्याको बाहुल्यता छ । भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो । तेस्रोका लागि शनिबार मोरक्कोले क्रोयसियाको सामना गर्दै छ ।