काएरो, इजिप्ट, १३ जेठ (रासस÷एएनआई) ः इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन
गरेको छ ।
अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ ।
मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरूमा अमेरिकाविरोधी तरङ्ग सिर्जना गरेको भन्दै आरोप दर्ता गर्नुभएको थियो । सालेमले सबै प्रशारण माध्यम तथा लिङ्कहरू जसले उक्त फिल्मलाई प्रशारण गरेका थिए तिनीहरूलाई पनि कारबाहीस्वरूप अवरुद्ध गर्नुपर्ने जिकिर गर्नुभएको छ ।



