🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माधवले पार्टीभित्र जेमन्त गरेपछि एकीकृत समाजवादीका नेताहरू बैठकमै गएनन्

समाजमा रहेका मानिसहरूकाे  कमजोर अवस्था र  आर्थिक रूपमा अभाव ग्रस्त भएपछि सानै समूह वा घरमा पनि झगडा सुरु हुन्छ भनिन्छ । अहिले त्यस्तै भएको छ, नेकपा एकीकृत समाजवादी दलमा ।

स्राेत भन्छ, माधव नेपालका विश्वास पात्रका रुपमा लगभग पाँच दशकदेखि साथमा रहेका वरिष्ठ नेता मुकुन्द न्यौपाने अहिले बैठकमै सहभागी नहुने स्थितिमा पुगेका छन् ।

 अध्यक्ष माधव नेपालले पार्टी एकल ढंगले चलाएको र सल्लाह समेत नगरेको भन्दै उनी अहिले रहेक निर्णयमा असहमति जाउने गरेका छन् ।  त्यही क्रममा २०७९ मंसिर १३ गतेकाे सचिवालय बैठकमा पनि सहभागी भएनन् ।

उनी काठमाडौंमा आयाेजित बैठकमा सहभागी हुन छोडेर हेटौंडातिर गएका थिए । समानुपातिक सूची बनाउने क्रममा उनीहरुले प्रमेश हमालको नाममाथि पनि आपत्ति जनाएका छन् ।

  स्राेत भन्छ, केदार न्यौपानेको नाम राख्न छोडेर प्रमेश हमालको नाम एक नम्बरको बन्द सूचीमा राखेको भन्दै मुकुन्द न्यौपाने असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसैगरी माओवादीसँग एकता गर्ने कुरामा पनि उनी असन्तुष्ट रहेका छन् ।

त्यसो त, न्यौपानेको यो झगडासँगै काठमाडौंमा जीवनराम श्रेष्ठले एकीकृत समाजवादी सिध्याएको भन्दै 'एस'का कार्यकर्तामा अर्को आक्रोश सुरु भएको छ ।

जीवनराम श्रेष्ठको सिफारिशमा उनकै आफन्त रामेश्वर श्रेष्ठलाई काठमाडौं महानगरपालिकाको उपमयेर उम्मेदवार बनाइएको थियो ।

समाजवादीको भागमा परेको काठमाडौंको उपमेयरमा श्रेष्ठलाई उठाएपछि यो गुमाउनुपर्ने अवस्थामा पुग्यो । अनि,आफै अहिले जीवनराम श्रेष्ठ प्रतिनिधि सभामा पराजित भए ।

 पर्यटन मन्त्री भएर पनि देश र जनहितमा काम गर्न नसकेको आरोप खेपिरहेका श्रेष्ठले उपत्यकामा आफ्नो अनुकूलको मान्छे उम्मेदवार उठाउने तर उनीहरु सबै पराजित  भएपछि जीवन रामले एकीकृत समाजवादीलाई सिध्याएको भन्दै आरोप लाग्न थालेको छ ।

अहिले पार्टीभित्र पनि यो मुद्दा उठेको  स्राेत बताउछ । जीवन राम श्रेष्ठले काठमाडाैंमा  नेकपा एकीकृत समाजवादी दलकाे संगठन ध्वस्त पारेकाे भन्ने  प्रस्तावकाे पक्षमा सहयोगी बन्ने चाहिँ झलनाथ खनाल र मुकुन्द न्यौपानेहरुकै टोली रहेकाे स्राेत बताउछ।