🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट, उदयपुर, १२ जेठ (रासस) : उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । 

छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट– दिक्तेल सडक कार्यालयले बताएको छ । 

आजदेखि बेलिब्रिज खोल्न लागिएकाले अब छ महिना वर्षा अवधिभरीका लागि यातायात सेवा बन्द हुने बेलिब्रिज खोल्ने जिम्मेवारी लिएका निर्माण व्यवसायी प्रेम कार्कीले बताए  । गाईघाट दिक्तेल सडक कार्यालय बोक्सेका प्राविधिक राजेन्द्र जोशीका अनुसार सुनकोशी नदीमा नदीको बहावमा दिनानुदिन वृद्धि हुँदै गएको र बेलिब्रिज बगाउने खतरा बढेको छ । 
–––