🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गठबन्धनबाट विजयी नेतालाई एमालेका प्रत्यासीले दिए बधाई

खोटाङ, ८ मंसिर । खोटाङका एमालेका पराजित उम्मेदवारहरुले गठबन्धनका विजेतालाई बधाई दिएका छन् । एमालेका प्रतिनिधिसभाका उम्मेदवार बिशाल भट्टराई र प्रदेशसभा (ख)का रामप्रसाद दंगालले गठबन्धनबाट प्रतिनिधिसभामा बिजयी रामकुमार राई र प्रदेशसभा (ख)मा कांग्रेसबाट विजयी भूपेन्द्र राईलाई बधाई तथा शुभकामना दिएका हुन् । 

दिक्तेलबजारको हाटडाँडातर्फबाट गठबन्धनको विजय जुलुस त्रिबेणीचोक आइपुगेपछि भट्टराई र दंगालले रामकुमार र भूपेन्द्रलाई फूल माला लगाइदिएर अंकमाल गरेका थिए । शुभकामना आदान–प्रदानका क्रममा कार्यकर्ताले चर्को स्वरमा हुटिङ गरेका थिए । भट्टराईले सामाजिक सञ्जालबाट पनि सवै विजेतालाई बधाई दिएका छन् ।

‘म आफु पनि यो निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा प्रत्याशी थिएँ, अनेकन कारणले झिनो मतान्तरसहित पराजित भएँ,’ भट्टराईले लेखेका छन्, ‘यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा सहृदय आभार अर्पण गर्दछु । यो महाअभियानमा अहोरात्र खट्नु हुने एमालेकर्मीहरुलाई असिम धन्यवाद दिन्छु । निर्वाचन सम्पन्न गर्न लागि पर्नु भएका सिंगो सरकारी निकायलाई उच्च मूल्यांकन सहित धन्यवाद भन्छु ।’ 

यस्तै, माओवादी केन्द्रका नेता एवं पुर्वसांसद टंक राईले एमालेबाट प्रदेशसभा (क)मा विजयी भएका पाँचकर्ण राईलाई बधाई दिएका छन् । त्रिबेणीचोकबाट बेसक्याम्पतर्फ जाँदै गरेको एमालेको विजय जुलुससँग भेट भएपछि पुर्वसांसद राईले पाँचकर्णलाई फूलको थुंगो दिएर बधाई दिएका हुन् । एमालेले दिउँसो र गठबन्धनले साँझमा दिक्तेलबजारमा विजय जुलुस निकालेको थियो । कतिपयले भने विजयपछि उत्तेजित जुलुस निकाल्नु अनुचित हुने टिप्पणी गर्नेगरेका छन् । 

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका भट्टराईलाई हराउँदै माओवादी केन्द्रका रामकुमार प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै, प्रदेश (क)मा नेकपा एकीकृत समाजवादीका बीरबलकाजी राईलाई हराउँदै एमालेका पाँचकर्ण विजयी भएका हुन् । प्रदेश (ख)मा एमालेका रामप्रसादलाई हराउँदै कांग्रेसका भूपेन्द्र विजयी भएका हुन् । 

न्युज कारखाना