🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेक्सस–संकटा कप आइतबारदेखि

काठमाडौं । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौँ नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले जानकारी गराएका छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी दिनमा पुरस्कार राशिलाई वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि जनाएका छन् । 

प्रतियोगिता संयोजक विवेक कट्वालले प्रतियोगिताको नारा ‘फुटबल फर एडुकेसन’ रहेको जानकारी गराए । फुटबलका जनशक्ति रेफ्री, ग्राउन्ड स्टाफलगायत उत्पादनमा पनि नेक्सस लागि परेको उनको भनाइ छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संकटा, मध्यपुर युथ एसोसिएनका प्रतिनिधि, सहभागी टिमका प्रशिक्षक, कप्तानलगायतको उपस्थिति थियो । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।