🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रूस थप मल निर्यात गर्न तयार : पुटिन

मस्को, ७ मङ्सिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

“रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका छन्, जसले विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ,” पुटिनले खनिज उत्पादन र व्यापार आयोगका अध्यक्ष दिमित्री माजेपिनसँगको भेटमा भन्नुभयो ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका कारण युरोपेली बन्दरगाहहरूमा हाल थुनिएको भेटमा माजेपिनले पुटिनसँग बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो अवस्था वास्तवमै कठिन छ । सबै कम्पनीले यो समस्या भोगिरहेका छन् । हामीले विभिन्न तरिकाले समस्या समाधान गर्ने प्रयास गर्यौं ताकि विशेष गरी अफ्रिकी देशहरूसहित विकासशील बजारहरूको लागि बनाइएको मलहरू आपुर्ति गर्न सकियोस् ।” 

रुसी अधिकारीहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग सम्पर्कमा रहेको पुटिनले बताउनुभएको छ । 
–––
रासस / सिन्ह्वा