🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके, १० जेठ : बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ । 

गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन गर्ने विभिन्न सरकारी कार्यालय र स्थानिय तहसँग निर्माण कम्पनीको सूची माग गरेको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार अहिलेसम्म समयमा काम सम्पन्न नगर्ने १२ निर्माण कम्पनीको विवरण प्राप्त भएको छ । 

प्राप्त सूचीका आधारमा समयमा काम नगर्ने, निर्माण कार्य छोडी भागेका ठेकेदारलाई पक्राउ गर्न बाँके जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी प्रक्रिया अघि बढाइने प्रजिअ केसीको भनाइ छ । रासस