🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देही–४ मा प्रतिनिधिसभातर्फ महिला र दलित उम्मेदवार शून्य, १३ उम्मेदवारमध्ये ५ जना स्वतन्त्र

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन् । कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको संख्या शून्य रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । विभिन्न राजनीतिक दलबाट ८ जना पुरुष उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

उक्त निर्वाचन क्षेत्रमा कूल मतदाताको संख्या १,१०,६५९ रहेको छ । जसमध्ये ६२ हजार ८४७ पुरुष र ४७ हजार ८१२ महिला मतदाता छन् ।  समावेशीकरणतर्फ समेत दलित उम्मेदवारको संख्या शून्य देखिएको छ ।यस क्षेत्रमा १५.३८ प्रतिशत मुस्लिम, ७.६९ प्रतिशत थारू, ७. ६९ प्रतिशत आदिवासी जनजाति उम्मेदवार र ६९.२३ प्रतिशत मधेशी उम्मेदवार रहेका आयोगको तथ्यांकले देखाएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी गरी ८ जना राजनीतिक दलका उम्मेदवार  र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।