मस्को, २९ कात्तिक, (रासस-एएफपी) – युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् । उनीहरू र युक्रेनी सेना बीच गोली हानाहान भएको बताइएको छ ।
"नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्," मस्को-स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।



