🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

९० प्रतिशत उम्मेदवार झुठाे खर्च विवरण पेश गर्छन् : पाेखरेल

काठमाडौ । निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकाेभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेकाे आराेप छ । काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयाेजना गरेकाे वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठाे हुने गरेकाे बताए । निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवाहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उनको भनाइ छ ।

यस्तै, पूर्व अर्थसचिव शिशिर ढुंगानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद् भएको बताए । जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उनकाे भनाइ छ । चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचीअनुसार काम गर्नु पर्ने हुने उनले बताए । यही कारण चुनेर पठाउने जनतामा बितृष्णा पैदा हुने उनले बताए । 

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा. गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्राडा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए ।