🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सातवटा क्यासिनोमा प्रहरीको छापा : दुई पक्राउ 

  काठमाडौं, जेठ ८ गते । गैरकानूूनीरुपमा नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको विशेष टोलीले मिति २०७५ जेठ ७ गते उपत्यकामा संचालित सातवटा क्यासिनोमा छापा मार्दा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गर्दाको अबस्थामा परिचयपत्र साथमा नरहेको  नेपाली भाषा बोल्ने सेते लामा र क्यासिनोका म्यानेजर बिश्व श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुलाई  २०७५ जेठ ८ गते जुवा ऐन अनुसार कारबाहीका लागि महानगरी प्रहरी परिसर, टेकु पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

पक्राउ व्यक्तिहरुमा काठमाडौं महानगर–६, टुसाल बस्ने ६६ वर्षीय  सोते लामा र काठमाडौं महानगर–१३, ताहाचल बस्ने ४५ वर्षीय 
बिश्व श्रेष्ठ रहेका छन् । 

    
  कानूनी सजायको व्यवस्था :

जुवा ऐन,२०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई रु.२००। जरिवाना, दोस्रो पटकलाई एक महिनासम्म कैद र तेस्रो पटकदेखिकालाई १ बर्षसम्म कैदको व्यबस्था रहेको छ । स्मरणीय छ, नेपालीलाई क्यासिनो प्रवेश निषेध गरिएको छ ।