🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो सिद्धार्थ बैंकको नाफा

काठमाडौं, ७ कात्तिक : चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्षको यसै अवधिमा यसले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।

 
गत वर्ष २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा भने ३११.३९ प्रतिशत ले बढेर एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ । 

न्युज कारखाना